+
+

अमेरिकामा दाता जुटाएर फर्किइन् मिस नेपाल प्रियंका : डोल्पा, लमजुङ र धादिङका गाउँ घुम्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ११:१२

काठमाडौं । मिस वर्ल्ड तयारीका लागि अमेरिका भ्रमणमा पुगेकी मिस नेपाल प्रियंकारानी जोशी स्वदेश फर्किएकी छन् । उनको न्युयोर्क भ्रमणको मुख्य उद्देश्य मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि दाता जुटाउनु हो ।

यो विधासँग प्रियंकाको लगाव किन पनि छ भने नेपाल यो विधाको प्रमुख दाबेदार हो । नेपालले विगतमा चार-पाँचवटा ब्युटी विथ पर्पस विधा जितेको छ । यो विधा जित्न सकिए मिस वर्ल्डको फाइनलमा सिधै पुग्न सकिने अर्को फाइदा पनि छ ।

यी दुई कारणले प्रियंकाको जोडबल ब्युटी विथ पर्पस विधामा छ । यसपटक उनी बिजुली नपुगेको नेपालको दुर्गम थलोमा सोलार बिजुली पुर्‍याउन चाहन्छिन् । अमेरिका भ्रमणको क्रममा उनले यसपटक गैरआवासीय नेपालीलाई लगानीको लागि आग्रह गरिन् ।

प्रियंकाको आग्रहपछि गैरआवासीय नेपाली सहयोगी हात अघि बढाउन सकारात्मक पनि भएका छन् । अर्को सातादेखि प्रियंका सोलार प्यानल परियोजनाका लागि ठाउँ खोज्न निस्किंदैछिन् । उनी डोल्पा, लमजुङ र धादिङ पुग्ने तयारी छ । उनले यी तीन जिल्लाका ६ वटा गाउँलाई परियोजनाको सम्भावित थलोको रुपमा हेरेकी छन् ।

यी तीन जिल्ला भ्रमण गर्ने प्रियंकाको उद्देश्य बजार अनुसन्धान पनि हो । उनी सोलार प्यानल पुर्‍याउने ठाउँका महिलाको सशक्तीकरणका लागि मह उत्पादन, थान्का वा अन्य आम्दानी हुने सीपमूलक उद्यमशीलता विकास पनि गर्न चाहन्छिन् ।

‘म मार्केट रिसर्च गर्दैछु र सोहीअनुसार अर्को सातादेखि ती ठाउँमा पुग्नेछु,’ अनलाइनखबरसँग प्रियंकाले भनिन्, ‘तीमध्ये एउटा ठाउँ छनौट गरेर काम अघि बढ्छ । ती ठाउँ घुम्नुको उद्देश्य परियोजनाको लागत पनि निश्चित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?