+
+

नागरिकताका विषयमा भीम रावलले संसदमा सुनाए कविता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १४:०८

२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ :

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।

राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?