+
+
Shares

‘कृष्णलीला’ नचले पारिश्रमिक फिर्ता गर्ने पुष्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १४:३१

काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे बिहीबार अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’

आफू दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको पुष्पले सुनाए । ‘सबैभन्दा मार निर्मातालाई पर्ने हो । फिल्म क्षेत्र निर्माताबिना अधुरो छ,’ उनले भने, ‘अर्को कुरा, लकडाउनको समयमा चलचित्र क्षेत्र फ्रिज थियो । त्यतिबेला निर्माता रोहित दाइले फिल्म खेल्न प्रस्ताव राख्नुभयो । उहाँको त्यो हिम्मत देखेर म प्रभावित भएको थिएँ ।’

भावनात्मक रुपमा आफू ‘कृष्णलीला’सँग निकट भएकाले पनि पारिश्रमिक फिर्ता गर्नुपर्छ भन्ने महसुस भएको उनले बताए । दीपक वली निर्देशित फिल्ममा पुष्पले अटिजम प्रभावित रोमान्टिक युवकको भूमिका निर्वाह गरेका छन् ।

रोहित कट्टेल निर्माता रहेको फिल्ममा पुष्पसँग डेब्यु गर्ल श्रद्धा क्षेत्रीले अनस्क्रिन रोमान्स गरेकी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?