+
+

नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १८:१९

२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?