+
+

अपडेट : रत्ननगरमा अवरुद्ध राजमार्ग प्रहरीले खुलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ९:३४

३ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले बन्द गराएको पूर्व–पश्चिम राजमार्ग प्रहरीले खुलाएको छ ।

ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलाउन स्थानीय तयार भएका हुन् । राजमार्ग अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरु अहिले गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको थियो । रानामगरलाई बोलेरो गाडीले ठक्कर दिएर फरार भएको र त्यसको खोजी भैरहेको डीएसपी रविनबाबु रेग्मीले बताए ।

यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?