+
+

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १०:३२

३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् ।

थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् ।

दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि दुई देशबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेको छ ।

भारत र चीन एकै ठाउँमा आउनका लागि धेरै तरिकाहरू रहेको बताउँदै उनले चीनले आफ्नो सोच बदल्नुपर्ने बताए । ‘भारत र चीनको पारस्परिक हित मात्रै एकजुट हुन पर्याप्त छ,’ जयशंकरले भने, ‘हामी आशा गर्छौं कि चीनले यो कुरा बुझ्नेछ र यसतर्फ विवेकपूर्ण कदम चाल्नेछ ।’

उनले भारतले श्रीलंकालाई आफ्नो क्षमताले सक्दो सहयोग गरेको जिकिर पनि गरे । उनले पनि इन्डो-प्यासिफिक क्षेत्रका सबै देशहरूलाई सम्पूर्ण क्षेत्रलाई स्वतन्त्र र शान्तिपूर्ण बनाउन मिलेर काम गर्न आह्वान गरे।

जयशंकरले क्वाडबाट सम्पूर्ण इन्डो-प्यासिफिक क्षेत्र लाभान्वित हुने जिकिर गरे । क्वाड चार राष्ट्रहरू भारत, अमेरिका, जापान, अष्ट्रेलियाको एक समूह हो । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको आक्रामक आगमनको सामना गर्न सन् २०१७ मा क्वाड स्थापना गरिएको थियो ।

उनले क्वाडले इन्डो-प्यासिफिक क्षेत्रमा समसामयिक चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने बहुपक्षीय मञ्चको रूपमा व्याख्या गरे । चीनले अमेरिकाको नेतृत्वमा रहेको क्वाड समूहको लगातार विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?