+
+

सम्झौता नहुँदै हुमागाईँले थाले प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १२:५८

३ भदौ, काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले सम्झौता नहुँदै प्रशिक्षण सुरु गरेका छन् ।

२६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईँलाई असोज ११ गते हुने मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक नियुक्त गरेको हो । नेपाली मुलका अमेरिकन प्रशिक्षक हुमागाईँ बुधबार नेपाल आइपुगेका थिए भने बिहीबारदेखि उनले सैद्धान्तिक रुपमा प्रशिक्षण थालेका छन् ।

शुक्रबारेदखि उनले लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेलाडीलाई प्रशिक्षण थालेका छन् ।

दुई वर्षअघि नै अमेरिकन नागरिकता लिइसकेका हुमागाईँले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्नेछ हुन्छ । एन्फाले हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको नियुक्ति पत्र दिए पनि सम्झौता गरिसकेको छैन । एन्फा महासचिव किरण राईले श्रम स्वीकृति लिने प्रकियामा रहेको र त्यसपछि सम्झौता गरिने बताए । ‘उहाँको श्रम स्वीकृति लिने प्रकियामा छ । त्यसपछि सम्झौता गरिनेछ ।’

बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा पनि हुमागाईँ आफैंले नियुक्ति पत्र लिए पनि सम्झौता हुन बाँकी रहेको बताएका थिए । थ्रीस्टार क्लबबाट प्रशिक्षकको रुपमा ए डिभिजन लिग उपाधि जितेका हुमागाईँ एएफसी ए लाइसेन्सधारी प्रशिक्षक हुन् ।

उनले नेपाल आउनुअघि अमेरिकामा रहेको वेष्टह्याम युनाइटेडको इन्टरनेशनल एकेडेमी कि स्टोन एथ्लेटिक र फिलाडेल्फिया युनियनमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?