+
+

प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ८:४०

५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११ः३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?