+
+

मनिष सुमन बने जसपाको प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ११:४३

५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनले पाएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?