+
+

प्रदेश १ का माछा पालक किसान संंगठित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १३:११

५ भदौ, विराटनगर । माछा आयातलाई निरुत्साहित गर्न माग गर्दै आएका प्रदेश १ का माछा उत्पादक किसानले प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् ।

माछा पालक किसानलाई आत्मनिर्भर बनाउँदै माछा आयातलाई निरुत्साहित गर्न विष्णुप्रसाद आचार्यको नेतृत्वमा प्रादेशिक मत्स्य पालक संघ गठन गरेका हुन् ।

इटहरीमा भेला भएका माछा किसानले गठन गरेको संघको वरिष्ठ उपाध्यक्षमा मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल, सचिव पुष्प अधिकारी, सहसचिवमा म्ाोहन राजवशीं र कोषाध्यक्षमा दुर्गा कार्की चयन भएका छन् ।

समितिको सदस्यमा दुर्गाप्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी, डेगनाथ खतिवडा, नन्दन थापालगायत छन् ।

माछा उत्पादक किसानले एक वर्षभित्र भारत तथा तेस्रो मुलुकबाट हुँदै आएको माछा आयात रोक्न तीन तहका सरकारलाई पहल गर्ने निर्णय गरेका छन् ।

नेपाल माछामा आत्मनिर्भर भएको बताउँदै किसानले चोरी पैठारी भएका माछाका कारण नेपाली किसान मारमा परेका कारण आययात रोक्न माग गरेका हुन् ।

संघले प्रति एक बिगाहा जग्गामा कार्प माछा पालन गरेर वार्षिक पाँच लाख र पंगास जातको पाछा पालन गरेर १० लाख वार्षिक आम्दानी सुनिश्चित वर्षमा चार पटक नयाँ किसानलाई तालिम पनि दिने निर्णय गरेका छन् ।

संघले तीन तहकै सरकारले माछा पालनको क्षेत्रमा गर्दै आएको लगानीलाई पारदर्शी र प्रभावकारी बनाउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?