+
+

तेलुगू फिल्मको सुटिङ अर्को सातादेखि सुचारु हुने, कलाकारले दैनिक पारिश्रमिक नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ११:५८

काठमाडौं । गत अगस्ट १ देखि तेलुगू फिल्मको छायांकन रोकिएको थियो । उक्त निर्णयको झण्डै एक महिनापछि आगामी सातादेखि सुटिङ सुचारु हुने भएको छ ।

योसँगै तेलुगू फिल्मको चेम्बर एन्ड एक्टिभ प्रोड्युसर गिल्डले अबदेखि कलाकारले दैनिक ज्याला नपाउने निर्णय पनि गरेको छ । साथै, ओटीटी रिलिजको लागि आठ साताको विन्डो पिरियडमा पनि निर्माताले सहमति जनाएका छन् ।

यसको अर्थ अब कुनै पनि तेलुगू फिल्म हल रिलिजको आठ सातापछि मात्र ओटीटीमा रिलिज हुन पाउनेछन् । पछिल्लो समय फिल्म निर्माणको लागत बढेको अनुपातमा कमाइ नभएको भन्दै अस्थायी रुपमा छायांकन रोक्ने निर्णय भएको थियो ।

यसैबीच, प्रोड्युसर काउन्सिलले पनि टिकटको मूल्य १०० भारुबाट झारेर ७० कायम गर्न प्रस्ताव गरेको छ । मल्टिप्लेक्समा चाहिं १५० बाट घटाएर १२० भारु कायम गर्न भनिएको छ । तर टिकट घटाउनेबारे आधिकारिक निर्णय भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?