+
+

आर्यघाटमा प्रदीप गिरिको अन्तिम बिदाइ (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ भदौ ५ गते १७:०८

५ भदौ, काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो ।

पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका छन् ।

अन्त्येष्टिअघिको पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति थियो ।

शनिबारराति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?