+
+

ह्यारी केनले कति कीर्तिमान बनाउलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते २०:१४

५ भदौ, काठमाडौं । एक दशक प्रिमियर लिगमा बिताइसकेका ह्यारी केनले टोटनहमले वल्भसलाई शनिबार १-० ले पराजित गर्दा अर्को उपलब्धी हासिल गरे ।

उनी प्रिमियर लिगमा एउटै क्लबबाट सर्वाधिक १८५ गोल गर्ने पहिलो खेलाडी बने । टोटनहमका लागि त उनले २५० गोल गरिसके ।

इंग्लिस स्ट्राइकर केन अहिले प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको चौथो स्थानमा छन् । २९ वर्षका केनको लागि अझै खेल्ने समय बाँकी छ । यस्तोमा के उनी प्रिमियर लिगकै उत्कृष्ट फरवार्ड बन्न सक्लान्  ? बीबीसी स्पोर्ट्सले केनको अहिलेसम्मको उपलब्धी र सम्भावित उपलब्धीका बारेमा तयार पारेको सामग्री ।

कोलको नजिक सियरर भन्दा टाढा

वल्भस विरुद्ध हेड मार्फत गोल गर्दै केनले म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अगुएरोको नाममा रहेको १८४ गोलको कीर्तिमान तोडे । सर्वाधिक गोल गर्नेमा भने उनी तेस्रो स्थामा रहेका एन्ड्रु कोल भन्दा अब दुई गोलले मात्र पछि छन् ।

न्युक्यासल, ब्ल्याकबर्न र म्यानचेष्टर युनाइटेडका लागि खेलेका कोलले १८७ गोल गरेका छन् ।

प्रिमियर लिगका सर्वाधिक गोलकर्ता एलान सियरर भन्दा केन ७५ गोलले पछि छन् । सियररले २६० गोल गरेका छन् । ब्ल्याकबर्न र न्युक्यासलका पूर्व फरवार्ड सियररले सन् २००६ मा ३५ वर्षको उमेरमा सन्यास लिएका थिए । हाल २९ वर्षका केनले सियररको कीर्तिमान तोड्न यही लयमा र त्यही उमेरसम्म हरेक सिजन १३ गोल गर्नु आवश्यक छ ।

बीबीसी स्पोर्ट्ससँगको कुराकानीमा चेल्सीका पूर्व मिडफिल्डर जो कोलले हेनका लागि यो लक्ष्य सहज रहेको बताए । ‘मेरो विचारमा उनले एलानको कीर्तिमान तोड्छन्’ उनले भने । यद्यपि सिटीका पूर्व डिफेण्डर जेलोन लेस्कोटले भने यसमा असहमति जनाउँदै एलानको कीर्तिमान धेरै अघि रहेको बताए ।

केनको नजरमा अरु के छ?

इंग्ल्याण्डका लागि ५० गोल गरेका केन राष्ट्रिय टिममा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले जुन सर बबी चार्ल्टनको ४९ गोललाई पछि पारेका थिए । केन भन्दा धेरै गोल वायन रुनीले मात्र गरेका छन् । रुनीले ५३ गोल गरेका छन् । केनले अहिलेकै लयमा अन्तर्राष्ट्रिय स्तरमा गोल गरे सन् २०२२ को कतार विश्वकपमा रुनीको कीर्तिमान पनि तोड्नेछन् ।

अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा केन भन्दा बढी गोल कसैले गरेको छैन । केन र ग्यारी लिनेकरले समान १० गोल गरेका छन् । यस्तै टोटनहमका लागि धेरै गोल गर्नेमा केन जिम्मी ग्रेभ्सको २६६ गोलको क्लब कीर्तिमान भन्दा १६ ले मात्र पछि छन् । ग्रिभ्स भन्दा केनले १० खेल बढी खेलिसकेका छन् । यद्यपि यो कीर्तिमान यसै सिजनमा तोडिने सम्भावना छ । यस्तै लिगमा धेरै गोल गर्नेमा भने ग्रिभ्स भन्दा केन ३५ गोलले पछि छन् । ग्रिभ्सले टोटनहमका लागि लिगमा २२० गोल गरेका थिए ।

यस्तै प्रिमियर लिगमा सर्वाधिक चार गोल्डेन बुट जित्ने थियरी हेनरीको कीर्तिमान बराबरी गर्न केनले अझै एक गोल्डेन बुट जित्नु आवश्यक छ ।

मेडलको लागि लक्ष्य

केनको व्यक्तिगत उपलब्धिहरूमा छुटेको सम्मान भनेको घरेलु, युरोपेली वा अन्तर्राष्ट्रिय उपाधिहरु हुन् । केनले पछिल्ला आठ सिजन सबै खाले प्रतियोगितामा क्लबको प्रमुख गोलकर्ता रहे पनि, ट्रफीले टोटनहमलाई बेवास्ता गरेको छ ।

सन् २०१६-१७ मा दोस्रो हुनै नै प्रिमियर लिगमा उनीहरुको उत्कृष्ट उपलब्धी हो । यस्तै च्याम्पियन्स लिगमा २०१९ मा फाइनल पुगेको टोटनहम लिभरपुलसँग पारजित भयो ।

त्यस समयमा टोटनह्यामले ईएफएल कपको फाइनलमा म्यानचेस्टर सिटीसँग पनि हारेको थियो । यस्तै दुई पटक एफए कपको सेमिफाइनल पुगेको थियो ।

टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले फरवार्डले नि:सन्देह रुपमा विजेताका लागि व्यक्तिगत उपलब्धी वा रेकर्डहरु त्याग्न सक्नेछन् । ‘मलाई राम्ररी थाहा छ कि ह्यारीले ट्रफीको लागि आफ्नो व्यक्तिगत उपलब्धिहरू आदानप्रदान गर्न चाहन्छन् र यसका लागि उनी धेरै मेहनत गरिरहेका छन्,’ इटालियनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?