+
+

नयाँ हिरोको खोजीमा झरना, धीरजले महंगो पारिश्रमिक मागेकै हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १६:३४

काठमाडौं । यतिबेला निर्देशक झरना थापा नयाँ फिल्म ‘भगवत् गीता’को तयारीमा छिन् । कृष्ण जन्माष्टमीको दिन टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा भइसकेको छ ।

टिजरसँगै फिल्मको नायक पनि सार्वजनिक हुने अपेक्षा थियो, तर सुहानालाई मात्र फिचर्ड गरिएको भिडियो आएको छ । स्रोतका अनुसार नायकको लागि अभिनेता धीरज मगरलाई प्रस्ताव राखिएको थियो ।

तर धीरजले महंगो पारिश्रमिक मागेपछि सम्भावना टरेको बताइन्छ । धीरज भन्दा अघि दयाहाङ राईलाई पनि ‘अप्रोच’ गरिएको खबर बाहिरिएको थियो, तर निर्देशक झरनाले त्यसलाई खण्डन गरेकी थिइन् ।

निर्माता सुनिलकुमार थापाले धीरजले महंगै पारिश्रमिक मागे पनि उनलाई नलिने निर्णय नभएको बताउँछन् । ‘अहिले पनि हामीले उनीबारे सोचिरहेका छौं । नलिने भन्ने निर्णय भएको छैन,’ सुनिल भन्छन्, ‘सकेसम्म नयाँ हिरोलाई लिएर स्थापित गरौं कि भन्ने हाम्रो सोच हो ।’

सुनिल र झरना पनि सकेसम्म नयाँ अनुहारलाई कास्ट गर्ने मनस्थितिमा छन् । निर्माता थापाले चाहिं धीरजलाई प्रस्ताव राखिएको पनि स्वीकारे, तर उनले प्रोजेक्ट अस्वीकार गरेकोबारे केही बताएनन् ।

‘केही दिनमै हिरो फाइनल गर्छौं । त्यतिञ्जेलसम्म पर्खनुस्,’ सुनिलले भने । दशैंलगत्तै फिल्म छायांकनको तयारी छ । जनकपुरमा छायांकन हुने फिल्मको मुख्य भूमिकामा झरना–सुनिल पुत्री सुहाना छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?