+
+

फिफाको माग अनुसार काम पूरा, भारतीय फुटबलको निलम्बन छिट्टै हट्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:५४

६ भदौ, काठमाडौं । भारतीय फुटबल महासंघ एआईएफएफमा बाहिरी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गरेको निलम्बन छिट्टै हट्ने भएको छ ।

न्यायाधीश डीवाई चन्द्रचुडको इजलासल प्रशासकीय समिति खारेज गर्दै भारतीय फुटबल महासंघको दैनिक व्यवस्थापन कार्यवाहक महासचिवको नेतृत्वमा एआईएफएफको प्रशासनले नै हेर्ने आदेश दिएको थियो ।

अदालतले एआईएफएफको २८ अगष्टमा हुने भनिएको चुनाव एकहप्ता पछाडि सारेको छ । चुनावको मतदाता सूचीमा पनि राज्य र केन्द्रका प्रतिनिधि मात्र सामेल हुने गरी जम्मा ३६ सदस्य हुने व्यवस्था गरिएको छ ।

फिफाले प्रशासकीय समितिको प्रभाव पूर्ण रुपमा हटेपछि मात्र भारतीय फुटबलमााथिको निलम्बन फुकुवा गर्ने बताएको थियो । जस अनुसार अदालतको आदेशले प्रशासकीय समितिको प्रभाव हटेकाले भारतीय फुटबलमाथि लागेको निलम्बन हट्ने सम्भावना प्रबल रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?