+
+
Shares

नागरिकता विधेयक ओलीले ल्याएको अध्यादेश अनुसारकै भएको गृहमन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते २०:०२

६ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दावी समेत गरे ।

गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताए ।

उनले सो विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको पटकपटक दोहोर्‍याए ।

गृहमन्त्री खाणले भने, ‘यो नागरिकता विधेयकलाई चाँहि हामीले ल्याएको सन्ततिको नागरिकता नभएर हो । यस्तो चाहीं लाखौंमा छन्। यीनको समस्या के भो भन्दाखेरी यिनले नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु पर्‍यो। यीनले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन् ।’

मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?