+
+

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै सिर्जनशील लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १०:५३

७ भदौ, काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो ।

जसमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउँने ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख छ ।

आईपीओमा छिटोमा १९ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २९ भदौसम्म थप हुनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको लगानी समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५७ लाख ४० हजार सञ्चित नाफामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?