+
+

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते ११:१६

७ भदौ, काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ ।

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?