+
+

‘लाल सिंह चड्ढा’लाई प्रतिबन्ध लगाउन माग गर्दै कोलकाता उच्च अदालतमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:०३

काठमाडौं । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’लाई लिएर भइरहेको विवाद रोकिने कुनै छाँटकाँट देखिएको छैन । रिलिज हुनुअघिबाटै सामाजिक सञ्जालमार्फत बहिष्कारको मुद्दा खेपेको फिल्म बक्स अफिसमा कमजोर सावित हुन पुगेको छ ।

यसैबीच, ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै कोलकाता उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता नाजिया इलाही खानले फिल्मलाई प्रतिबन्ध  लगाउनुपर्ने माग गर्दै जनहित याचिका दायर गरेका हुन् ।

रिटमा फिल्ममा देखाइएका दृश्यले शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने दाबी गर्दै पूरै पश्चिम बंगाल राज्यमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ ।

यदि ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक नलगाए हरेक सिनेमा हल अगाडि प्रहरी तैनाथ गर्नुपर्ने अवस्था आउने समेत रिट निवेदकले चेतावनी दिएका छन् ।

रिटमाथिको सुनवाई मंगलबार नै हुने जनाइएको छ ।

अद्वेत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’मा आमिरका साथै करिना कपुरकाे मुख्य भूमिका रहेको छ । यो हलिउड फिल्म फरेस्ट गम्पको बलिउड रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?