+
+

कार्यकक्षमै कुटिए हेटौंडाका वडाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते २०:१०

७ भदौ, हेटौडा । हेटौंडा उपमहानगरपालिका– ४ का वडाध्यक्ष नविन सिग्देल मंगलबार आफ्नै कार्यकक्षमा कुटिएका छन् । सिग्देलले आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिग्देलमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाले घटनामा संलग्न व्यक्तिहरुको जानकारी दिन नमिल्ने उनले बताए ।

वडाअध्यक्ष सिग्देलले भने आफुमाथि नेकपा एमालेकै जिल्ला सदस्य सानु लामाले हातपात गरेको बताए । उनले भने, ‘जे भयो गलत भयो, यत्ति हो मेरो कुरा अहिले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?