+
+

नर्वेमा म्युजिक भिडियो गर्ने भनेर पासपोर्ट दिएको थिएँ, धन्दा अर्कै रहेछ : आर्यन सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते ११:५८

काठमाडौं । कलाकारको आवरणमा मानव तस्करीको घटना बाहिर आएपछि अहिले फिल्म क्षेत्र तरंगित बनेको छ । घटनामा आफू समेत मुछिएपछि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले समेत यो घटनामा प्रष्टीकरण दिएका छन् ।

केकीले त आफ्नो नाम र तस्वीर दुरुपयोग गर्नेलाई कारवाहीको माग गरेकी छन् । आर्यनले पनि यसबारे मुख खोलेका छन् । पर्यटन बोर्डबाट फोन आएपछि आफू झस्किएको बताउँदै उनले गलत काम गर्नेलाई कारवाही हुनुपर्ने समेत बताए ।

रोशन पराजुली नामक व्यक्तिसँग आफूले एउटा म्युजिक भिडियोमा सहकार्य गरेकाले नयाँ प्रोजेक्टमा पनि आफू तयार भएको आर्यनको भनाइ छ ।

‘नर्वेमा दुईवटा म्युजिक भिडियो गर्ने हो, पाँच सात दिनमा सुटिङ सकिन्छ भनेर कुरा भएको थियो । त्यहाँ मान्छे छाड्न जाने त होइन नि भनेर मैले त्यतिबेलै प्रश्न गरेको थिएँ,’ उनले भने, ‘तर उसले त्यस्तो होइन, चार–पाँच जना मात्र जाने हो भनेको थियो । केकी त जाने कुरै थिएन । १५ दिनअघि उसले भिसाका लागि भनेर मेरो पासपोर्ट लगेको थियो । जब पर्यटन बोर्डबाट कीर्ते भएको कुरासहित फोन आयो, म झस्किएको छु ।’

तत्कालै आफूले ह्वाट्सएपमा मेसेज गर्दा पराजुली दिल्लीमा रहेको बताउँदै आर्यनले उनले केही गडबडी भएको र आफूले मिलाउँदै छु भन्ने उत्तर दिएको बताए । ‘अहिले ऊ सम्पर्कविहीन छ । उसको त पहिल्यैदेखि यस्तो धन्दा रहेछ । गलत काम गर्नेलाई कारवाही हुनुपर्छ, म सघाउन तयार छु,’ उनले भने ।

फिल्म छायांकन गर्ने भन्दै १४ जनालाई नर्वे पुर्‍याउन भारतस्थित नर्वेली दूतावासमा कीर्ते कागजात पेश गरेको खुलासा बुधबार भएको थियो । नर्वेजियन दूतावासका प्रतिनिधिले यसबारे पर्यटन बोर्डमा फोन गरेर बुझेपछि यो घटना बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?