+
+
Shares

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा पनि गाड्ने तयारी

भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:२३

१६ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शव काठमाडौंमा व्यवस्थापन गर्न लागेको बताए । ‘एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने भएका छौं,’ पौडेलले अनलाइनखबरसँग भने ।

फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो ।

१० भदौमा बाढी आएको तेस्रो दिन नै शवगृहले थेग्न नसकेपछि करिडोरमै कुहिने अवस्था आएको थियो । देशभरीका अस्पताल जम्मा ६०० शव व्यवस्थाप क्षमता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९८७ शव प्राप्त भइसकेका छन् । त्यसमध्ये करिब १०० शव काठमाडौं आइपुगेको छ ।

काठमाडौंमा उपर्युक्त ठाउँ पत्ता लगाउन निकै कसरत गर्नु परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनी भन्छन्, ‘तीन–चार दिनको लगातारको प्रयासपछि मात्र ठाउँ पत्ता लगाउन सक्यौं ।’

सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको व्यवस्थापन गर्न लागेको हो। निर्देशिकामा संकलित शवको मुचुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, सनाखत, अभिलेखीकरण, संकेत चिह्न राख्नुपर्ने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?