+
+
Shares

रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ९७२ को लास जाँच मुचुल्का

नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १५:२१

१६ भदौ, काठमाडौं । हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ ।

जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?