+
+

तीन दिनमै ७ अर्बले घट्यो बैंकहरुको निक्षेप

साउनको अन्तिम साता सुधार देखिएको बैंकहरुको निक्षेप भदौ लागेसँगै पुन घट्न लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १७:२०

९ भदौ, काठमाडौं । साउनको अन्तिम साता सुधार देखिएको बैंकहरुको निक्षेप भदौ लागेसँगै पुन घट्न लागेको छ । भदौ लागे यताको तीन दिनमा नै वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार ३१ साउनमा ४४ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ भदौमा ४४ खर्ब २६ अर्बमा झरेको छ । २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्बसम्म पुगेको वाणिज्य बैंक्हरुको निक्षेप २७ साउनमा ४४ खर्ब २१ अर्बसम्म झरेको थियो । ३१ साउनमा केही सुधार भएर ४४ खर्ब ३३ अर्बमा पुगेको निक्षेप भदौ लागेपछि पुनः घट्न सुरु भएको हो ।

तर, कर्जा लगानी भने १ अर्बले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी १३ साउनमा ४१ खर्ब ६४ अर्बसम्म झरेको थियो । ३१ साउनमा ४१ खर्ब ७७ अर्ब पुगेकोमा ३ भदौमा ४१ खर्ब ७८ अर्ब पुगेको छ ।

निक्षेप घटेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४७ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?