+
+

बार्सिलोना च्याम्पियन्स लिगको ‘ग्रुप अफ डेथ’मा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १२:४९

१० भदौ, काठमाडौं । स्पेनिस टोली बार्सिलोना च्याम्पियन्स लिगको नयाँ सिजनमा कठिन समूहमा परेको छ । ग्रुप अफ डेथ भनिएको समूह सीमा बार्सिलोनासँगै जर्मन च्याम्पियन बायर्न म्युनिख, इटलीको इन्टर मिलान र चेक रिपब्लिकको भिक्टोरिया प्लाजेन छन् ।

यो वर्ष सबैभन्दा कठिन समूहमा परेसँगै प्रशिक्षक जाभी हर्नान्डेजका लागि कसरी समूह चरण पार गर्ने भनेर अहिलेदेखि नै रणनीति बनाउनुपर्ने भएको छ । बार्सिलोनाले अघिल्लो सिजन पनि समूह चरण पार गर्न सकेको थिएन ।

बार्सिलोनाले जर्मन च्याम्पियनका रुपमा यस्तो प्रतिस्पर्धी पाएको छ जोसँग हरेक टिम बच्न चाहन्छन् । लगातार गोलसँगै उनीहरुले नयाँ सिजनको सुरुवात शानदार गरेका छन् । रोवर्ट लेवाण्डोस्कीले आफ्नो पूर्व क्लबसँग खेल्नु दुवै पक्षका लागि एक प्रकारको प्रेरणा पनि हुनेछ ।

च्याम्पियन्स लिगमा बार्सिलोना र बायर्नबीच १३ खेल भएकोमा ९ पल्ट बायर्न विजयी भएको छ । दुई खेल क्याटलान क्लबले जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । पछिल्लोपल्ट गत सिजन समूह चरणमा बार्यनले बार्सिलोनालाई दुवैपल्ट हराएको थियो । सन् २०२० को अगष्टमा बार्सिलोनाले बायर्नसँग ८–२ गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।

सिमोनी इन्जाघी प्रशिक्षित इन्टर मिलानले नयाँ सिजन पछिल्लो सिजनको तुलनामा शानदार प्रदर्शन गरिरहेको छ । समूह सीमा सबैभन्दा बलियो टिममध्येको एकका रुपमा हेरिएको छ । उसले यो सिजन सुरुवाती दुवै खेल जितेर सिरी एको शीर्ष स्थानमा छ । रोमेलु लुकाकु र लाउटारो मार्टिनेजको साझेदारी प्रभावशाली भइरहेको छ ।

सन् २०१९–२० को सिजनमा बार्सिलोना र इन्टर मिलान समूह चरणमै आमने सामने भएका थिए । जहाँ दुवै खेल बार्सिलोनाले जितेको थियो ।

समूह सीमा चेक रिपब्लिकको भिक्टोरिया सबैभन्दा कमजोर टिम हो । जारी सिजन उनीहरु आफ्नो लिगमा सातौं स्थानमा छन् । सो लिगको नेतृत्व स्लाभिया प्रागले गरिरहेको छ ।

उनीहरुसँग भेट्रान र अनुभवी प्रशिक्षक माइकल बालाक छन् । उनीहरु एकतावद्ध र कडा मिहिनेत गर्ने टिमका रुपमा परिचित छन् ।

सन् २०२२/२३ सिजनमा च्याम्पियन्स लिगको समूह चरण :

समूह ए
आयाक्स (नेदरल्याण्ड्स)
लिभरपुल (इंग्ल्याण्ड)
नापोली (इटली)
रेञ्जर्स (स्कटल्याण्ड)

समूह बी
एफसी पोर्टो (पोर्चुगल)
एट्लेटिको मड्रिड (स्पेन)
बायर लिभरकसेन (जर्मनी)
क्लब ब्रुग (बेल्जियम)

समूह सी
बायर्न म्युनिख (जर्मनी)
बार्सिलोना (स्पेन)
इन्टर मिलन (इटली)
भिक्टोरिया प्लाजेन (चेक रिपब्लिक)

समूह डी
फ्र्यांकफर्ट (जर्मनी)
टोटनह्याम (इंग्ल्याण्ड)
स्पोर्टिङ क्लब (पोर्चुगल)
ओलम्पिक मार्सेली (फ्रान्स)

समूह ई
एसी मिलान (इटली)
चेल्सी (इंग्ल्याण्ड
साल्सवर्ग (अस्ट्रिया)
डाइनामो (क्रोएसिया)

समूह एफ
रियल मड्रिड (स्पेन)
आरबी लाइपजिग (जर्मनी)
शक्तर डोनेक्स (युक्रेन)
सेल्टिक एफसी (स्कटल्याण्ड)

समूह जी
म्यानचेस्टर सिटी (इंग्ल्याण्ड)
सेभिया (स्पेन)
बोरुशिया डर्टमण्ड (जर्मनी)
एफसी कोपनहेगन (डेनमार्क)

समूह एच
पेरिस सेन्ट जर्मेइन् (फ्रान्स)
युभेन्टस (इटली)
बेनफिका (पोर्चुगल)
हाइफा एफसी (इजरायल)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?