+
+

राहदानी विभागलाई महानगरले भन्यो–भूमिगत पार्किङ खुला गर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १४:२१

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागमा रहेको ‘बेसमेन्ट पार्किङ’ सर्वसाधरणका लागि खुला गरिदिन आग्रह गरेको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवसँग भेट गरी यस्तो आग्रह गरेका हुन् । पाण्डेले विभागका महानिर्देशक यादवलाई भने, ‘बेसमेन्ट पार्किङ सर्वसाधरणका लागि खोलिदिनु पर्‍यो ।’

पाण्डेको आग्रहपछि यादवले बेसमेन्ट अन्य प्रयोजनका लागि नभई कार्यालयकै लागि प्रयोग भइरहेको बताए ।

महानिर्देशक यादवले महानगरको टोलीलाई १० मिनेट कुराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?