+
+

अर्टेटाको आगमनले फेरिएको आर्सनल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १४:०४

१२ भदौ, काठमाडौं । आर्सनलले शनिवार राति फुलहम विरुद्ध पुनरागमन गर्दै २-१ को जित निकाल्यो ।

यस सिजन लयमा देखिएको लण्डनको यो क्लबले लगातार चार खेल जितेको छ । प्रिमियर लिग इतिहासमा आर्सनलले सुरुवाती चार खेल जितेको यो तेस्रो पटक मात्र हो ।

सन् २००३-०४ मा उपाधि जित्दा र त्यसको अर्को सिजन उपविजेता हुँदा आर्सनलले सुरुका चार खेल जितेको थियो ।

लामो म्याराथनमा रहेको बताउने प्रशिक्षक मिकेल अर्टेला सुरुका हप्तामा आर्सनलका समर्थकलाई आशावादी हुने प्रशस्त बाटो देखाएका छन् ।

आर्सनल च्याम्पियन्स लिगमा छनोट हुने प्रक्षेपण छ । जुन अर्टेटाको प्रशिक्षणमा एक ठूलो कदम हुनेछ, जसले आफ्नो तीन वर्षको कार्यकालमै क्लबमा धेरै परिवर्तन देखाइसकेका छन् ।

अर्टेटाले गरेको परिवर्तन

फुलहम विरुद्धको २-१ को जितसँगै अर्टेटाले प्रिमियर लिगको आफ्नो १०० औं खेल पूरा गरेका छन् । उनको पहिलो ५० खेलमा भन्दा दोस्रो ५० खेलमा धेरै भिन्नता छ ।

स्पेनिस प्रशिक्षक खेलाडीहरूको मानसिकतामा परिवर्तन गर्न सफल भएको देखिन्छ । इंग्ल्याण्डका फरवार्ड बुकायो साकाले पछिल्लो जितपछि उत्साहित हुँदै भने, ‘हामी सबै प्रत्येक खेल जित्ने भोका छौं । हामी सम्पूर्ण सिजन यसरी नै खेल जारी राख्ने छौं ।’

आर्सनलका पूर्व स्ट्राइकर एलन स्मिथले क्लबमा एक ‘विश्वास’ विस्तारै बन्दै गएको बताए । ‘यो सबैभन्दा कठिन सुरुवात भएको छैन तर यो त्रुटिरहित भएको छ । अब तिनीहरूका लागि कठिन चुनौतीहरू छन् र वास्तविक आत्मविश्वासका साथ त्यसमा जान्छन् । गत सिजन उनीहरुका लागि सिक्ने अवसर थियो तर अब वास्तवमै यसले राम्रो सिजनको लागि राम्रो संकेत गर्दछ ।’

नवप्रवेशी फुलहम विरुद्ध आर्सनलको परिक्षण भयो । तर पुनरागमन जितमा उनीहरुले विश्वास देखाए । डिफेन्डर गाब्रियलको गल्तीमा एलेक्सान्डर मिट्रोभिकले गोल गरेपछि आर्सनल सुरुमै पछि परेको थियो । तर कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

सुरुमा खलनायक बनेका गाब्रियलले ८५औ मिनेटमा विजयी गोल गरेर जितका नायक बने । उनले आर्सनललाई चौथो खेलमा ३ अंक दिलाउन सहयोग गर्दै आफ्नो गल्तीलाई पनि सुधारे । जितपछि इमिरेट्स मैदानमा आर्सनलले उत्सव मनायो । घाइते ओलेक्जेन्डर जिनचेन्को गाब्रिएललाई अंगालो हाल्दै एकता देखाए । ‘मेरो टोलीका साथीहरूले मलाई ठूलो मद्दत गरे,’ गाब्रियलले भने ।

यस्तै कप्तान ओडेगार्डले गाब्रिएलले उत्कृष्ट चरित्र देखाएर विजयी गोल गरेको बताए । ‘जब कसैले गल्ती गर्छ, हामी तिनीहरूलाई उत्प्रेरित गर्छौँ ।’

इंग्ल्याण्ड र आर्सनलका पूर्व मिडफिल्डर करेन कार्नीले अर्टेटाले सही संस्कृति चाहेको र शनिबारको जितले उनीहरूले केही निर्माण गरिरहेको देखाएको बताए ।

‘यो ठूलो प्रोत्साहन हो, यसरी जित्नु साँच्चिकै राम्रो हो । हामीले गल्ती गर्यौं र उनीहरूले हामीलाई सजाय दिए तर त्यसपछि हामीले प्रतिकूलता विरुद्ध कस्तो प्रतिक्रिया देखायौं । समर्थकहरूसँगको सम्बन्धमा हामी जसरी गयौं त्यसमा टोलीले विश्वास गर्‍यो,’ अर्टेटाले भने ।

स्मिथले टिममा आशा बढेको र यो साँच्चै रोमाञ्चक युवा टोली रहेको बताए । उनले इमिरेट्समा अहिलेजस्तो उत्साह १० वर्षमा नसुनेको पनि बताए । ‘मेरो विचारमा आर्सनल गत सिजन भन्दा राम्रो टोली हो र शीर्ष चारमा पर्ने उनीहरूको लक्ष्य हुनेछ । सबै राम्रा टोलीहरूको च्याम्पियन्स लिगमा पुगेपछि मापन गरिन्छ ।’

अर्टेटाको १०० खेल

अर्टेटाले पहिलो ५० लिग खेलमा ७५ अंक जोडेका थिए । जसमा २१ खेल जित्दा १२ बराबरी गरेका थिए भने १७ खेल हारेका । तर पछिल्ला ५० खेलबाट उनले १०० अंक जोडे । यसमा ३२ खेल जित्दा ४ खेल बराबरी गरे भने १४ खेलमा आर्सनल पराजित भएको थियो ।

पहिलो सय लिग खेलमा लिभरपुलका योर्गन क्लोपले अर्टेटा भन्दा एक खेल मात्र धेरै जितेका थिए । ओले गनर सोल्सायरले म्यानचेष्टर युनाइटेडमा आफ्नो पहिलो सय खेलमा जति खेल जिते अर्टेटाले पनि आर्सनलमा उति नै खेले जिते । उही समयमा अर्टेटाले टोटनहमका माउरिसियो पोचेटिनो भन्दा एक खेल बढी जिते ।

अर्टेटाले ५१ देखि १०० खेलसम्म ३२ खेल जिते । जुन पेप ग्वार्डिओलाले म्यानचेष्टर सिटीमा पहिलो ५० लिग खेलेमा जितेका थिए ।

बीबीसीबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?