+

मछिन्द्रलाई लिग च्याम्पियन बनाएका अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यवस्थापक

२०७९ भदौ  १२ गते १७:४८ २०७९ भदौ १२ गते १७:४८
मछिन्द्रलाई लिग च्याम्पियन बनाएका अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यवस्थापक

१२ भदौ, काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई शहीद स्मारक ए डिभिजन लिगमा लगातार दुई पटक च्याम्पियन बनाएका अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यवस्थापक नियुक्त भएका छन् ।

आगामी असोज ११ गते बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई व्यवस्थापक नियुक्त गरेको हो ।

श्रेष्ठलाई आइतबार एन्फा महसाचिव किरण राईले एन्फा कम्प्लेक्समा स्वागत गर्दै नियुक्ति पत्र प्रदान गरेका छन् ।

श्रेष्ठ लिग च्याम्पियन मछिन्द्रको उपाध्यक्ष समेत हुन् । व्यवस्थापक नियुक्त भएपछि श्रेष्ठले राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी पाउँदा खुशी भएको बताए ।

‘मैले यसअघि पनि टिमको व्वयस्थापकको भूमिकामा काम गरिसकेको छु तर त्यो क्लब लेभलमा हो । राष्ट्रिय टिमको व्यवस्थापक बन्नु अर्को लेभलको हो । मलाई थाहा छ यो चुनौतीपूर्ण छ तर म आफ्नो उत्कृष्ट दिनेछु,’ जिम्मेवारी सम्हाल्दै श्रेष्ठले भने ।

एन्फा मच्छिन्द्र क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय