+
+

ग्लोबल आईएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:४३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत (५०० रुपैयाँसम्म)एक पटकका लागि क्यासब्याक पाइने बैंकले जनाएको छ ।

बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यास ब्याक पाउने छन् ।

मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?