+
+

संसदमा फेरि पुगेन गणपूरक संख्या

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १५:४१
फाइल तस्वीर

१३ भदौ, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाएका थिए ।

तीन मिनेट घन्टी बनाएर गणना गर्दा पनि कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न चाहिने संख्या एक चौथाई सदस्य पुगेन । गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुखले बैठक स्थागित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?