+
+

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेट

भैरहवामा कतार एयरवेजको उडानबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:१२

१३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेटमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा छलफल भएको छ । नोभेम्बरमा कतारमा आयोजना हुने २२औं संस्करणको फिफा विशवकपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ । भेटमा दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?