+
+

बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा पारसलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते २०:०१

१३ भदौ, काठमाडौं । क्रिकेटर पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मेवारी पाएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन् । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ । सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो ।

बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनीक गर्दै संयोजक समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीले भदौ १३ गतेदेखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ । तालिका अनुसारनै सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भइसकेको छ ।

बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा बागमतीले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ ।

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?