+
+
Shares

अपूरो चित्र [कविता]

सुर्यनारायण एच पेलिस सुर्यनारायण एच पेलिस
२०७९ भदौ १४ गते ७:१९

मैले कोरेको चित्रमा

अलिकति रंग पुगेको छैन

सायद अलिकति ढंग पुगेको छैन

धर्साहरू अलि लामा देखिए

वृत्तहरू अलि भद्दा लेखिए

 

सायद हसरल्ल भो

अलि सुहाग आएन

अपूर्ण कथा जस्तो भो

भाव भंगिमा  नै आएन

अनि मैले कोरेको चित्रमा

कतै पनि आँकुरा अंकुराएन

 

हो जानी-जानी

तिम्रा जस्ता चित्र कोर्दिन

तिम्रा चित्रहरू अद्भुत सुन्दर किन नहुन्

जानी-जानी त्यसो गर्दिन

पर क्षितिजका रंगिन दृश्यमा

म रमाउनै सक्दिन

 

हो यो मेरै चित्र हो

थोरै अपांगता होला,अपूर्णता होला

थोरै पखेरुको ऐँजेरु होला

हो यो मेरै गाउँ हो

लथालिंग र भताभुंग पनि होला

बेचिएका चेलिका पदचाप होलान

विदेशिएका वृखेका बास्ना होलान्

 

निराशाले घेरिएर

चेपिएको,छेलिएको

बांगोटिंगो आयातजस्तो

एक अद्भुत इतिहाँसको लमतन्न चित्र

तर मलाई

अति-अति सुन्दर लाग्छ

किनकि यो मेरै देशको चित्र हो ।

(म्याग्दे-६, तनहुँ)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?