+
+

एक खेल अगावै अष्ट्रेलियाले जित्यो शृंखला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १०:२७

१५ भदौ, काठमाडौं । अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो ।

स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ रनको साझेदारी गरेपछि जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४.४ ओभरमा पूरा गरेको हो । स्मिथले ४१ बलमा अविजित ४७ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । केसीले अविजित २६ रन जोडे । डेभिड वार्नरले १३ रन बनाए भने कप्तान आरोन फिन्च १ रनमा आउट भए । जिम्बावेका रिचर्ड एनगाभाराले २ विकेट लिए ।

त्यसअघि टाउन्सभिलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे अष्ट्रेलियाको बलिङ सामु टिक्न नसक्दा २७.५ ओभरमा ९६ रनमै अलआउट भयो । जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक २९ र सिकन्दर राजाले १७ रन बनाए ।

कप्तान रेगिस चाकाभा, टोनी मुङ्योङ्गा र राएन बर्लले समान १० रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ८ ओभरमा १ मेडन राख्द २४ रन खर्चेर तथा एडम जाम्पाले ३.५ ओभरमा २१ रन खर्चेर समान ३ विकेट लिए । क्यामरुन ग्रीद्दले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जोस हेजलउड र एस्टन एगरले समान १ विकेट लिए । अष्ट्रेलिया र जिम्बावेबीद्बको तेस्रो खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?