+
+

नेपाल टी-२० लिग : ड्राफ्टका लागि एक हजार खेलाडीको नाम दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १५:०१

१५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिगको ड्राफ्टका लागि करिब एक हजार खेलाडीले नाम दर्ता गराएका छन् । क्यानले गत शनिबार दर्ता खुला गरेको थियो । जस अनुसार ८०० स्वदेशी र २०० विदेशी खेलाडीले नाम दर्ता गरेका छन् ।

खेलाडी दर्ताका लागि क्यानले विभिन्न चार मापदण्ड राखेको थियो । जसमा सन् २०१८ देखि नियमित राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको, नेपालको यू-१९ राष्ट्रिय टिमका लागि खेलेको, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र फ्रेन्चाइज क्रिकेट खेलेको खेलाडीलाई प्राथमिकता दिने उल्लेख छ ।

नेपाली खेलाडीको हकमा आज रातीसम्म खेलाडी दर्ताको समय रहेकोले अझै केही संख्या बढ्नसक्छ । यस्तै विदेशी खेलाडीको हकमा भने अझै केही दिन खेलाडी दर्ता गर्न पाइनेछ ।

नेपाल टी-२० लिग र अष्ट्रेलायमा हुने आईसीसी टी-२० विश्वकपको समय केही जुध्ने भएकोले विश्वकप खेल्ने टिमका खेलाडीहरु भने यसपटक उपलब्ध हुने छैनन् । त्यसबाहके अरु नाम चलेका खेलाडीहरुले समेत नेपालमा हुने लिगका लागि ड्राफ्टमा नाम दर्ता गराएका छन् ।

नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय छ । तर क्यानले अहिलेसम्म चार टिमको मात्र नाम घोषणा गरेको छ र दुई टिमको नाम सार्वजनिक हुनै बाँकी छ ।

क्यानले सेप्टेम्बर ६ अर्थात आउने मंगलबार खेलाडीको ड्राफ्ट गर्ने जनाएको छ । ड्राफ्ट अघि बाँकी दुई टिमको नाम सार्वजनिक गर्ने योजनामा क्यान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?