+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त बिजुलीबजारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १८:१३

१५ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भएका ६१ वर्षीय सिताराम शाही रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विजुलीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७९ असार ६ गते १६ लाख १९ हजार जरिवाना र ४ दिन कैद सजायको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?