+
+

स्वतन्त्र उम्मेदवारहरुले ‘वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै

साझा चुनाव चिह्न, साझा घोषणापत्र र साझा उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ९:३९
अभियानका संयोजक सुमन सायमी ।

१६ भदौ, काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गर्दै छन् ।

यसलाई उनीहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नाम दिएका छन् । यही अभियान अन्तर्गत आज दिउँसो २ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गर्न लागिएको अभियानका संयोजक सुमन सायमीले जानकारी दिए ।

२०७८ वैशाखको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका केही स्वतन्त्र उम्मेदवारहरु विजयी भएपछि यसले चर्चा पाएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्क साम्पाङको चुनाव चिह्न लौरो थियो ।

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को संयोजन गरेका सायमीले काठमाडौंको मेयरमा आँखीझ्याल चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । १३ हजार ७७० मत पाएका उनी चौथो स्थानमा रहे । बालेन मेयरमा निर्वाचित हुँदा सायमी पनि विजय जुलसमा सहभागी भएका थिए । उनी अब प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?