+
+

यसरी मनाइयो ऋषि पञ्चमी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ भदौ १६ गते १०:४०

२९ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ पशुपतिनाथ मन्दिर नजिकको बागमती नदीमा स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने महिलाहरुको चहलपहल थियो ।

आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।

हेर्नुस् काठमाडौंमा व्रतालुले गरेको ऋषिपञ्चमी पूजा

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?