+
+

भारतबाट बढेर आयाे डिजेल र पेट्रोलकाे मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:४०

१६ भदौ, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने निगमका एक अधिकारिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?