+
+

आयल निगमका सर्वोत्कृष्ट कर्मचारी सम्मान गोइतलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते २०:३१

२६ पुस, काठमाडौं। नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत सुवर्ण सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत भएका छन् ।

शुक्रबार वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ५० हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरे । जीवनको ऊर्जाशील समय निगममा व्यतीत गरी पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै निगमले पुरस्कृत गरेको हो ।

गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना र भारतको सहयोगमा अनुदानमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

सोही कारण गोइतलाई निगमका संस्थापक महाप्रबन्धक स्व. सुवर्ण विक्रम थापाको नामबाट स्थापित निगमको सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?