+
+

‘के घर के डेरा’ पोस्टर : दयाहाङ र विपिनको क्यारेक्टर लुक्स सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १७:३२

काठमाडौं । तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर हुन्, जहाँ दयाहाङ राई र विपिन कार्की चित्रित छन् ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म कात्तिक ४ गते प्रदर्शन हुँदैछ । काठमाडौंमा डेरा गरी बस्नेको दुःखजिलो जीवन चित्रण गर्ने फिल्ममा सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झाको समेत मुख्य भूमिका छ ।

पोस्टरमा कुकुरको चित्रसहित हरेक मान्छेको दिन आउँछ भन्ने स्लोगन उल्लेख छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?