+
+

रुपन्देही–२ नछाड्ने एकीकृत समाजवादीको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:१२

१६ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ नछाड्ने अडान लिएको छ ।

रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ । एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभातर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गर्ने निर्णय गरेको हो ।

रुपन्देही-२ मा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस भएको छ ।

बैठकले आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफूहरुले स्वभाविक दावी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए ।

कांग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने उनको जिकिर गरे । बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको विचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?