+
+

कोशी अस्पतालमा ६ महिनामै फेरिए मेसु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:२४

१६ भदौ, विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोशी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट(मेसु) ६ महिनामै परिवर्तन गरेको छ । मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर यज्ञ खरेललाई हटाएर डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो ।

४ फागुनदेखि डा. खरेलले निमित्त मेसुको जिम्मेवारी पाएका थिए । बुधबार यादवलाई निमित्त मेसु तोकेको मन्त्रालयले खरेललाई सोही अस्पतालमा जिम्मेवारी दिएको छ ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा ११औं तहको दरबन्दी छ । ६ महिनामा फेरिएका खरेल र यादव दुवै १०औं तहका हुन् । मेसुको जिम्मेवारी पाएका यादव वरिष्ठ कन्सलटेन्ड फिजिसियन हुन् ।

यसअघि कोशीमा जुनियरलाई मेसु नियुक्त गरेको भन्दै अस्पतालका सिनियर चिकित्सकले असन्तुष्टि जनाएपछि ६ महिनामा नै मेसु परिवर्तन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

यादव र खरेल दुवै दसौँ तहको भए पनि यादव अस्पतालका सिनियर चिकित्सक हुन् । उनले बिहीबार नै जिम्मेवारी सम्हालेका छन् । उनी २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?