+
+

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेश सभा दुवैतिरको उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते २१:२९

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

बिहीबार बसेको कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको बैठकले शाहीलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।

शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । प्रदेश ‘ख’का सभापति तक्दीर लामाले दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरिएको जानकारी दिए । हुम्लामा बलियो उम्मेदवारका रूपमा रहेका शाही कांग्रेसले कर्णालीमा पुनः मुख्यमन्त्री पाउने सम्भावना रहे प्रदेश र मुख्यमन्त्री नपाउने अवस्थामा संघबाट उम्मेदवार बन्ने छन् ।

०७४ को निर्वाचनमा कांग्रेसबाट कर्णालीमा शाहीमात्रै प्रत्यक्षतर्फ विजयी भएका थिए ।

प्रदेश ‘क’ले प्रदेशसभा प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस भएको छ ।

त्यस्तै समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ । प्रदेश ‘ख’ले प्रदेशको समानुपातिकनतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?