+
+

सहकारीले धितो बन्धक रोक्का तथा फुकुवा गर्न कोपोमिस प्रणालीमा विवरण प्रविष्टि गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:२८

१७ भदौ, काठमाडौं । सहकारी संस्थाले कोपोमिस प्रणालीमा संस्थाको विवरण प्रविष्टि गरेको प्रमाण पेश गरेपछि मात्र धितो बन्धक रोक्का तथा फुकुवासम्बन्धी काम कारबाही अघि बढ्ने भएको छ ।

भूमि व्यवस्था, सहकरी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई कोपोमिसमा विवरण प्रविष्ट गरेको सहकरी संस्थाहरुको मात्रै मात्र धितो बन्धक रोक्का तथा फुकुवासम्बन्धी कार्य गर्न निर्देशन दिएको हो ।

सहकारी विभागको १० भदौको पत्रबाट सहकारी संस्थाका सदस्यले धितो बन्धक राखी लिएको ऋण असुल तथा धितो बन्धक रोक्का तथा फुकुवा गर्दा संस्थाले सहकारी विभागबाट सञ्चालित एकीकृत व्यवस्थापन सूचना प्रणाली (को–अपरेटीभ एण्ड प्रोभर्टी रिलेटेड मयानेजमेन्ट सिस्टम –कोपोमिस) मा विवरण प्रविष्टि गरेको प्रमाण समेत पेश हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेकोले उक्त व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

‘सहकारी ऐन, २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्ने प्रयोजनका लागि भूमिसधार तथा मालपोत कार्यालयमा अन्य कागजात तथा प्रमाणका अतिरिक्त कोपोमिस प्रणालीमा संस्थाको विवरण प्रविष्टि गरेको प्रमाण समेत पेश गरेपछि मात्र धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी काम कारबाही अघि बढाउने व्यवस्थाका लागि विभागमार्फत सबै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा परिपत्र गर्ने गरी यस मन्त्रालयबाट १५ भदौ २०७९ मा निर्णय भएकोले सोही अनुसार गर्न/गराउन हुन अनुरोध छ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?