+
+

ईसेवाको ‘मेरो यात्राको साथी’ अफर सार्वजनिक, हवाई तथा बस टिकटमा छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:०९

काठमाडौं । ईसेवाले चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउने भएको छ ।

कम्पनीले हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएको जनाएको छ । यस्तै उक्त सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न जनाएको छ ।

कम्पनीको अफर अन्तर्गत पहिलो पटक हवाईजहाज टिकट खरिदकर्ताको लागि थप ३ प्रतिशत (३०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त हुने जनाएको छ। जसका लागि प्रोमोकोड ‘NAYA’ प्रयोग गर्नुपर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै ३ वटा टिकट खरिद गर्दा थप १ सय ५० रुपैयाँ प्राप्त हुने जनाएको छ । यसका लागि प्रोमोकोड थ्रिपावर (3power) उल्लेख गर्नुपर्ने जनाएको छ। यस्तै ईसेवा मार्फत १६ भदौदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

ईसेवा मार्फत होटल बुक गर्दा २२ भदौ र १ असोजमा दिउँसो १ बजेदेखि १ः३० बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै १९ भदौ , २२ भदौ, २ असोजमा बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार बराबरको होटलमा बस्न पाउने जनाएको छ।

अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ । अन्तर्राष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत वा २५ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ । उक्त योजना १६ भदौदेखि १६ असोजसम्म लागु हुने जनाएको छ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?