+
+

कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:२१

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् ।

कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो ? जिने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि (शनिबार)को बैठकमा प्रस्तुत हुने उनले बताए ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौं । यही गठबन्धनबाट गएर स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जानुपर्छ भनेर लागेका छौं ।’

कर्णालीको सिट बाँडफाँटमा भने फुकेर कदम चाल्ने उनले बताए । २०७४ को सिट बाँडफाँटमा केही कमजोरी भएको भएको स्वीकार गर्दै प्रचण्डले भने, ‘पहिला उदार भएर जे कमी गरेका छौं, त्यो हुन दिइँदैन । प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौं । केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् भन्नेमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?