+
+

पहिलो एकदिवसीयमा केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १५:५६

१७ भदौ, काठमाडौं । मध्यक्रमका राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ ।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।

पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए ।

सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज गएपछि रोहितकुमार पौडेलले कप्तानी गरेको यो खेलमा यी दुईको साझेदारी तोड्न नेपाली बलरलाई निकै कठिन भयो ।

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए । कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले ।

केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे ।

बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए । पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेपछि नेपालले केन्यासँग तीन एकदिवशीय खेलको शृंखला खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?