
१७ भदौ, मनिला । फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ३८ लाख ८६ हजार ३९५ पुगेको छ ।
यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७०२ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६१ हजार ९१० पुगेको छ ।
करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा सात करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ । सिन्ह्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4