+
+

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते २०:४२

१७ भदौ, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।

प्रहरी प्रवक्ता पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्‍यु भएको हो ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?